‘कृषिमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प छैन’

‘कृषिमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प छैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनु पर्ने बताएकी छिन् ।

थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौँको आज उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताइन् । उनले श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानु पर्ने बताउँदै किसानलाई सम्मान नगर्दासम्म उत्पादन नबढ्ने उल्लेख गरिन् ।

मन्त्री अर्यालले विदेशबाट फर्किएका युवालाई व्यवसायिक कृषि कर्ममा आकर्षण गर्नुपर्ने बताउँदै कृषकले उत्पादन गरेका वस्तु सहकारीमार्फत बिक्री वितरणमा ल्याउनु पर्ने जानकारी दिइन् ।

Skip This
Skip This
Logo