२०१९ लाई विदाई गर्दै दराजको अन्तिम भव्य किनमेल मेला

२०१९ लाई विदाई गर्दै दराजको अन्तिम भव्य किनमेल मेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २५ ।

११.११. को भव्य सफलतापछि नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य दराजले वर्षको अन्तिममा भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ । दराजको १२.१२.अभियान २६ मंसिरदेखि पुष २ सम्म लागू हुनेछ ।

यस अभियानद्वारा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६० प्रतिशतसम्मको भारी छूट, मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा १ हजार ५ सयसम्मको छूट पाउनेछन् ।

दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो । दराज ११.११.मा दराज एप र वेबसाइटमा ३.५ लाख भन्दा बढी प्रयोगकर्ताहरुको उपस्थिति थियो जुन पोहोरको भन्दा ७५ प्रतिशत बढी हो । यसपाली को ११.११ मा ३ हजार भन्दा बढी बिक्रेता थिए र ५० हजार भन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरु मा १.५ लाख भन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।

Logo