काठमाडौं, २०७६ मंसिर २३ ।
आज पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज तोला २ सयले घटेर ७१ हजारमा कारोबार भइरहेको छ ।
यस्तै प्रतितोला ७० हजार ९ सयमा रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज तोलामा २ सयले घटेर ७० हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर ८३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





























प्रतिक्रिया