पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला ३०० रुपैयाँले गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय ५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया