काठमाडौं,
प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं.८ गौशालास्थित पिङ्गलास्थानमा आफ्नो १९७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव
डा. प्रदीप ढकालले समुद्घाटन गर्नु भएको हो ।
बैंकको पिङ्गलास्थान शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ ।





























प्रतिक्रिया