माछापुछ्रे बैंकले ल्यायो अस्ट्रेलियन डलर

माछापुछ्रे बैंकले ल्यायो अस्ट्रेलियन डलर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

माछापुछ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अस्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री सुरु गरेको छ । हाल बजारमा रहेको अस्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुछ्रे बैंकले विदेशबाट अस्ट्रेलियन डलर खरिद गरी ग्राहकहरूलाई सटही सुविधा प्रदान गर्न लागेको बैंकले जनाएको छ ।

विदेश जाने नेपालीहरूले विदेशको भिसा लागेपछि अधिकतम १ हजार ५ सय अमेरिकी डलर बराबरको अस्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहे पनि हाल नेपाली बजारमा देखिएको अस्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहज रूपमा अस्ट्रेलियन डलर प्राप्त गर्न नसकिरहेको भन्दै बैंकले सोही समस्यालाई मध्यनजर गरी अस्ट्रेलियन डलर ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा र कन्फर्म एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौं उपत्यकाभित्र रहेका शाखाहरू मार्फत अस्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको जनाएको छ ।

Logo