बैंकहरुको नाफा वृद्दीदर अहिलेसम्मकै न्यून

बैंकहरुको नाफा वृद्दीदर अहिलेसम्मकै न्यून

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा ६ प्रतिशतले मात्रै बढेको छ । बैंकिङ क्षेत्रको उच्च प्रतिस्पर्धा र गाउँगाउँमा शाखा विस्तारका कारण बैंकहरूको सञ्चालन खर्च वढेपछि नाफा वृद्धि न्यून भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूको नाफा करिब ४७ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गरेको भए पनि नाफा वृद्धिदरमा उल्लेख्य कमी आएको छ । चालू आवको दोस्रो त्रैमास सुरु हुनु भन्दा पहिले नै बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकम अभावको समस्या देखिन थालेको छ । यसले बैंकहरूको आगामी त्रैमासमा नाफा बढ्ने सम्भावना पनि न्यून देखिन्छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरूले ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १२८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पहिलो त्रैमासमा बैंकहरूले निक्षेप संकलनभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकहरूले पहिलो त्रैमासको अन्तिमदेखि नै कर्जा प्रवाहमा नियन्त्रण गर्न सुरु गरेका छन् । बैंकले कर्जा प्रवाहका लागि स्रोत अभावको समस्या देखिएपछि आगामी त्रैमासमा पनि सोही अनुसार व्यवसाय वृद्धि नहुने देखिन्छ । बैंकहरूले निक्षेप अभावका कारण कर्जाको माग पहिलो त्रैमासको जस्तै कायम रहे पनि कर्जा प्रवाह भने नियन्त्रण हुने निश्चित छ ।
कारोबारबाट

Logo