धनगढी विमानस्थल एक महिनासम्म दैनिक ४ घण्टा बन्द

धनगढी विमानस्थल एक महिनासम्म दैनिक ४ घण्टा बन्द

केन्द्रबिन्दु
0
Shares

धनगढी,

धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि आंशिक रूपमा बन्द भएको छ । मंसिर १ गतेदेखि एयरपोर्टको रनवे र पार्किङ निर्माण गर्नका लागि एक महिनासम्म हरेक दिन साँझ चार घण्टाका बन्द रहने भएको हो । गत जेठमा १८ सय मिटरमध्ये ४ सय २० मिटर कालोपत्रे रनवेमा र पार्किङ क्षेत्रमा ओभरलेको काम बाँकी छ ।

त्यसलाई निरन्तरता दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्मका लागि विमानस्थल आशिंक बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढाथापाले जनाए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे रनवे छ ।

Skip This
Skip This
Logo