काठमाडौं ।
नेपालमा अहिलेसम्मकै ठूलो संख्यामा प्राथमिक शेयर (आइपिओ) आउने भएको छ । आइपिओ निष्कासनका लागि पूर्वाधार (इन्फ्रास्ट्रक्चर) बैंकले अनुमति पाएको छ ।
बैंकले कुल ८ करोड कित्ता शेयर अंकित मूल्य १ सयका दरले ८ अर्ब रुपैयाँको शेयर निष्कासन गर्न लागेको छ । आइपिओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छनौट भएको छ ।
धितोपत्र बोर्डले अनुमति दिइसकेकाले अबको दुई महिनाभित्र कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ । बैंकले जारी गर्ने ८ करोड कित्ता आइपिओ अहिलेसम्मकै धेरै परिणाम भएकाले आइपिओ भर्ने सबैलाई यो कम्पनीको शेयर बाँडफाँड गर्न पुग्ने अर्थात आइपिओ भरेकाहरुको हात खाली नहुने देखिएको छ ।
हाल प्राथमिक शेयर भर्नेको संख्या १० लाखको हाराहारीमा हुने गरेको छ । प्रत्येकलाई पुगेसम्म कम्तीमा १० कित्ता बाँडफाँड गर्नुपर्ने प्रावधान रहँदै आएको छ । नयाँ बानेश्वरमा कार्यालय रहेको (इन्फ्रास्ट्रक्चर) बैंकको आइपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी २० अर्ब हुनेछ ।





























प्रतिक्रिया