हिमालय एयरलाइन्सको काठमाडौं-बेइजिङ उडान सेवा सुरु

हिमालय एयरलाइन्सको काठमाडौं-बेइजिङ उडान सेवा सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
हिमालय एयरलाइन्स्ले चीनबाट भित्रिने र बाहिरिने यात्रुहरुको माग पुरा गर्नका लागि हरेक हप्ता तीन पटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान भर्ने नयाँ तालिका सार्वजनिक गर्दै कात्तिक १० गते उडान सुरु गरेको छ ।

एयरलाइन्स्ले बेइजिङकालागि कात्तिक १० गते आफ्नो पहिलो उडान सार्वजनिक गर्दै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना गरेको हो ।

चीन नेपाल भित्रिने पर्यटकहरुको दोस्रो ठूलो बजार बाहेक नेपालको एउटा महत्वपूर्ण व्यापारिक साझेदार हो । हालैका बर्षहरुमा व्यावसायिक तथा घुमफिरका लागि आउने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । यसले पर्यटक संख्या र यसबाट हुने आम्दानी मात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौताहरुलाई पनि प्रवद्र्धन गरिरहेको छ ।

यो वृद्धि नेपाल सरकार र चीन सरकारबीच जुलाई २०१९ मा भएको संशोधित हवाई सेवा सम्झौताको उपलब्धि हो । जसले नेपाली एयरलाइन्स् कम्पनीहरुलाई सन् २०१९ का लागि पाँचवटा गन्तव्यस्थान उडानका लागि खुला ग¥यो । यो नयाँ संशोधनका साथसाथै बेइजिङमा हालै स्थापना भएको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले हिमालय एयरलाइन्स्का लागि बाटो खुला गरिदिएको छ ।

¥याडिसन एयरपोर्ट रेस्टुरेन्टमा आयोजित पूर्व–उडान उद्घाटन उडानको केक काट्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत होउयाङची र सचिव केदार बाहादुर अधिकारी लगायत क्यान, पर्यटन बोर्ड, त्रिभुवन विमानस्थल कार्यालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Logo