फूलमालामा वार्षिक २० करोड बाहिरिँदै

फूलमालामा वार्षिक २० करोड बाहिरिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

सरकारले पाँच वर्षदेखि सयपत्री फूल आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि आयात रोक्न सकेको छैन । फूलमालाका लागि मात्र वार्षिक २० करोड बढी रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशी उत्पादनले बजार माग पूरा गर्न नसकेपछि यस वर्ष फूलका लागि ठूलो रकम बाहिरिएको हो । स्वदेशी उत्पादनले माग पूरा गर्न नसक्ने भएकै कारण यस वर्षको तिहारका लागि व्यवसायीले भारतबाट आयात १ करोड बढी मूल्य बराबरको माला आयात गर्न लागेका छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार तिहारका लागि देशभर २५ लाख माला माग छ । माग अनुसार स्वदेशी उत्पादनले नपुग्ने हुँदा भारतबाट २ लाख ५० हजार सयपत्रीको माला आयात हुने श्रेष्ठले बताए । ‘यसमध्ये बढी ६ लाख मखमली र २० हजार माला गोदावरी फूलका माग छ । उनले भने, ‘बाँकी १९ लाख माला सयपत्री फूलको माग छ ।’ १६ लाख ५० हजार मालाको माग स्वदेशी उत्पादन धान्नेछ,’ अध्यक्ष श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठले विगतका वर्षको तुलनामा स्वदेशीमा फूलको उत्पादन बढे पनि माग पनि बढ्दै गएको हुँदा आयात गर्नुपरेको बताए । ‘गत वर्षको तिहारमा सयपत्रीको माग १५ लाख सयपत्रीको १२ लाख माला स्वदेशी उत्पादन नै धान्ने थियो ।’ गत वर्ष १५ लाख मालाको माग हुँदा गत वर्षको मालाको मागअनुसार फूल उत्पादन गरेको थियो । तर, यस वर्ष गत वर्षभन्दा १० लाख मालाको माग बढेपछि स्वदेशी उत्पादन माग धान्न नसक्ने भएपछि भारतबाट २ लाख ५० हजार सयपत्रीको माला आयात गर्न लागिएको हो ।
राजधानीबाट

Skip This
Skip This
Logo