काठमाडौं,
कृषि विकास बैंक र एनआरएन पार्टनर कम्पनीबीच अफिसियल बैंकिङ पार्टनरका रूपमा कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र एनआरएन पार्टनर कम्पनी र आईडिया फर नेपाल प्रालिको तर्फबाट अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
आगामी दिनमा उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने भन्दै बैंकले व्यवसायिक कृषि, पर्यटन होटल ई–पार्किङ, रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने पनि जनाएको छ ।
उक्त अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकलाई अफिसियल बैंकिङ पार्टनरका रूपमा सेवा गर्ने मौका दिएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिँदै यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका साथै रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरूले नेपालमा रकम पठाउन थप सहज र सरल हुनसमेत मद्दत पुग्ने बताए ।































प्रतिक्रिया