महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा

महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौं महानगरपालिका–२९, स्थित ठमेल शाखा कार्यालयकोे औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले दीप प्रज्वलनका साथ गरेका थिए भने सभापतिको आसन ग्रहण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले गरेका थिए । उक्त कार्यक्रममा संस्थापक सेयरधनी अर्जुनप्रसाद शर्माको पनि उपस्थिति थियो ।

Skip This
Skip This
Logo