काठमाडौं,
विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन् ।’ ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन् । उड्दैनन् र यहाँ धेरै देखिएका छन् । मैदानभरि छन्। वाइडबडी पनि छन् । तर, जमिनमा छन् । आकाशमा छैनन्।’
प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए । जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन् । बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म, निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा । बाँकी सबै प्रधानमन्त्रीले भने जस्तै ‘जमिनमा छन् ।’
बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर थन्क्याउनु निगमको पुरानो रोग हो । अन्तर्राष्ट्रिय उडानको वाइडबडी एक सातादेखि ग्राउन्डेड छ । बन्न केही दिन लाग्न सक्छ । बोइङ ७५७ एक वर्षदेखि ‘कुहाएर’ राखिएको छ। बिक्री गर्न चाहे पनि बिकेको छैन । दुईमध्ये अर्को बोइङ भने बीबी एयरवेजलाई बिक्री गरिसकेको छ।
आन्तरिकतर्फ नौ जहाज छन्, तीन वटा मात्रै उडानमा छन्। निगमले सबैभन्दा साख बिगारेको क्षेत्र आन्तरिक हो । तिनमा ट्विनअटर तीन, चिनियाँ वाई १२ ई चार र एमए ६० दुइटा छन्। ती मध्ये ट्विनअटर, वाई १२ र एमए ६० का एक÷एकवटाले मात्रै नियमित उडान गरिरहेको जानकारी प्रवक्ता गणेशबहादुर चन्दले दिए।
निगमले चीनबाट अनुदानमा ल्याएको एक र खरिद गरेको अर्को एक एमए ६० जहाजमध्ये एउटा मात्रै उड्ने गरेको छ। सुरुको एक साता दुइटै जहाज मुस्किलले उडेका थिए । त्यसयता कहिल्यै एकसाथ उडेका छैनन् । बिग्रिरहने र एउटाको पाटपुर्जा झिकेर अर्कामा राख्नुपर्ने निगमले जनाएको छ। चिनियाँ कम्पनीले मागेको समयमा पाटपुर्जा उपलब्ध गराउँदैन । एउटा सामान मागेको खण्डमा आउन महिनौं लाग्ने गर्छ । त्यही भएर एउटाका सामान जोगाएर अर्को चलाउने गरिन्छ। ‘दुनियाँमा यस्तो कहाँ होला ? ’, निगमकै वरिष्ठ एक इन्जिनियर आश्चर्य व्यक्त गर्छन् ।
प्रधानमन्त्रीको प्रश्न थियो, ‘जहाज किनेर के लडाउन ल्याएको ? ठाउँ ओगट्न ? ओभरहोल गर्नुपर्ने भए गरिहाल्नुहोस्। पाटपुर्जा फेर्नु छ, फेरिहाल्नुहोस्। मर्मतसम्भारमा कुनै सम्झौता गर्नुहुँदैन, समयमै गरिहाल्नुहोस् । चुस्तदुरुस्त राख्नुहोस्। गन्तव्य नयाँ खोज्नुहोस्, तत्काल।’
अन्नपूर्णबाट































प्रतिक्रिया