काभ्रे,
काभ्रेको बनेपा नगरपालिका वडा नं. १४ साँगामा ब्यावसायिक रुपमा कालिज पालन शुरु भएको छ । ८ जना युवाहरुको संयुक्त प्रयासमा नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रा.लि. नामको फर्म स्थापना गरी कालिज पालन ब्यवसाय शुरु भएको हो ।

काम गराईको शिलशिलामा विभिन्न पेशामा अनुभव लिइसकेका उनीहरुले कालिज पालेर नयाँ कामको शुरु गरेका हुन् । व्यवसाय शुरु गर्दा ६० वटा कालिजबाट थालिएको यहाँ अहिले एक हजार दूई सय वटा कालिजहरु छन् । जसका लागि यहाँ एक करोड ७५ लाख लगानी भईसकेकोे सञ्चालकहरु बताउँछन् । उनीहरुको लगानी जग्गा खरिदका अतिरिक्त कालिज खरिद, दाना लगायतमा भएको हो । यसका साथै फर्म बनाउन पनि खर्च भएको छ ।

यहाँ पालिएका कालिजहरु बेल्जियमबाट अण्डा ल्याएर नेपालमै कोरलिएका हुन् । यहाँका कालिजहरु नेपालका जंगलहरुमा पाईने जंगली कालिज होइनन् । रिङगेक जातको काजिल पालिएको हो । यो बिल्कुलै नयाँ व्यवसाय भएकाले यसले सोचे जस्तो आम्दानी हुन सक्ने फर्म संचालक उत्तर केसीले आशा व्यक्त गरेका छन् । एउटा कालिजको ३ हजारदेखि ४ हजार सम्म पर्ने बताइएको छ । कालिजको मासु स्वास्थ्यको हिसाबले निकै फाईदाजनक छ । यसलाई पालेको ६ महिनापछि मासु खान योग्य हुन्छ भने यसको बजारमा माग पनि धेरै रहेको छ । यस फर्ममा ४० वटा जति बाख्राहरुको पनि व्यवसायीक पालन गरिएको छ ।

नेपालमा पछिल्ला दिनहरुमा कुखुरा , हाँस, अष्ट्रिज, लगायतका पंक्षिहरुको पालन गरिने पुरानै व्यवसाय भएको भएपनि कालिज पालन नयाँ व्यवसाय हो । यस्ता व्यवसायले बढीरहेको युवाबेरोजगारीको अन्त्य हुने संचालक केसीले बताए । यसका लागि सरकारले नयाँ प्याकेजका कार्यक्रम ल्याउन सके धेरै भन्दा धेरै युवाहरुको आर्कषण वढ्ने उनको विश्वास छ ।
तस्वीरहरु : देवराज केसी































प्रतिक्रिया