एकै दिन ९ सयले घट्यो सुन, कति छ आजको मूल्य ?

एकै दिन ९ सयले घट्यो सुन, कति छ आजको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । आज ९ सयले घटेको छ ।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० कायम रहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला ५० रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo