प्रधानमन्त्रीले आज देशकै ठूलो ढल्केवर सवस्टेशनको उद्घाटन गर्ने

प्रधानमन्त्रीले आज देशकै ठूलो ढल्केवर सवस्टेशनको उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज प्रधानमन्त्रीले धनुषाको ढल्केवरमा निर्माण गरिएको देशकै सबैभन्दा ठूलो विद्युत् सवस्टेशनको उद्घाटन गर्दैछन् ।

धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केबरमा निर्माण गरिएको यो सवस्टेशन देशको हालसम्मकै ठूलो क्षमताको सवस्टेशन हो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी पनि सहभागी हुने मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए।

ढल्केबर सबस्टेशनमा हाल १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान गरिएको छ । प्राधिकरणका अनुसार ४०० र २२० केभी क्षमताको सवस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्ने क्षमता राख्छ।

सवस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण गरिएको प्राधिकरणले जनाएको छ।

Logo