इलेक्ट्रिक भेहिकलको भविष्य के हुन्छ ? – करण चौधरी (भिडियोसहित)

इलेक्ट्रिक भेहिकलको भविष्य के हुन्छ ? – करण चौधरी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अन्तर्गतको भेहिकल कमिटीका सभापति करण चौधरीले नेपालमा अन्य सवारीसाधनको आयात दर घट्दो क्रममा रहे पनि इलेक्ट्रिक भेहिकलको आयात भने बढेको बताएका छन् ।

केन्द्रबिन्दु मिडियाले आयोजना गरेको १४ औँ नाडा अटो विशेष राउण्ड टेवलमा बोल्दै चौधरीले  इलेक्ट्रिक भेहिकलको आयात अप्रत्यासित रुपमा बढिरहँदा यसको भविष्यको बारेमा पनि सोच्न जरुरी रहेको बताएका हुन् । इलेक्ट्रिक भेहिकलको आयात बढेपनि योसँग अनेक प्रश्न उब्जिएको चौधरी बताउँछन् । चार्जिङको समस्या, मूल्य महंगो, यो भेहिकलमा हुने लिथियम ब्याट्रीले मानव स्वास्थ्यमा असर गर्नसक्ने, ब्याट्री नटिक्ने समस्या तथा सर्भिस सेन्टरहरूको पर्याप्तता नहुनु आदि यसका पनि समस्या भएको उनको भनाइ छ ।

अहिले नेपाली अटो बजारमा विभिन्न समस्याहरु देखा परिरहेको बताउंदै उनले भने, “गाडी किन्नलाई ऋण पाइँदैन तसर्थ गाडीको बिक्री घटेको छ । गाडी नबेचेसम्म आयात गर्न सकिँदैन ।”

चौधरी भन्छन्– “राइड सेयरिङ, उवरजस्ता प्रयोगले पनि यो अवस्था आएको हुनसक्छ । अनधिकृत गाडी भित्रिइरहेका पनि हुनसक्ने सम्भावना छ । गाडीका आधिकारिक विक्रेता छन् तर स्पेयरपार्ट्समा समस्या छ ।” चौधरीका अनुसार सम्बन्धित सबै निकायसँग सल्लाह नगरी हतारमा भिसिटिएस प्रणाली ल्याउनु पनि अटो बजारमा समस्या आउनुको एक कारण हो ।

नेपालमा दक्ष प्राविधिकहरूको कमी नभएकाले जाँचबुझ गरि गुणस्तरीय गाडीहरू आयात गरिनुपर्नेमा चौधरीले जोड दिएका छन् ।

थप भिडियोमा


 

Skip This
Skip This
Logo