काठमाडौँ। ७ महिनापछि काबेली बी–१ जलविद्युत आयोजनाको उत्पादन फेरि सुरु भएको छ। अरुण काबेली पावरले सञ्चालन गरिरहेको उक्त आयोजनाले आजदेखि विद्युत् उत्पादन सुरु गरेको हो।
उक्त आयोजना गत जेठ ३२ गतेदेखि पूर्व नेपालमा आएको अविरल वर्षा र बाढीका कारण विभिन्न संरचनाहरूमा क्षति भएको थियो । त्यसपश्चात् आयोजनाको विद्युत् उत्पादन बन्द भएको थियो ।
हाल कम्पनीले उक्त क्षति भएको संरचना मर्मत तथा सम्भार गरी पुनः सञ्चालनमा ल्याएको हो । करिब आठ महिनापछि कम्पनीले विद्युत् उत्पादन सुरु गरेको हो।
कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाहरूको बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।





























प्रतिक्रिया