अप्पर तामाकोशीको शेयर बाँडफाँट मिति तय

अप्पर तामाकोशीको शेयर बाँडफाँट मिति तय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। अपर तामाकोशीले सार्वजनिक गरेको लिलामी शेरको बाँडफाँड मिति तय भएको छ। कम्पनीले अहिले लिलामीबाट उठेको रकम र आवेदनहरुलाई भेरिफाई गरिरहेको भन्दै सोमबारसम्ममा बाँडफााड हुने जनाएको हो।

शुक्रबारसम्म लिलामीबापत् १३ अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ। कतिपय चेकहरु क्लियरिङ गर्नै बाँकी छ। डाटाबेस इन्ट्री गर्ने काम भइरहेको छ।

अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो।

लिलामीमा ३० हजारभन्दा बढी आवेदनकर्ताले भाग लिएका थिए भने ७ अर्ब रुपैयाँ नगद नै जम्मा भएको कोषले जानकारी दिएको छ।

Skip This
Skip This
Logo