काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएकाे छ। इन्स्योरेन्सले आफ्नो पहिलो वार्षिक साधारणबाटै आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न लागेको हो।
कम्पनीले फागुन ६ गते होटल एअरपोर्ट विराटनगरमा दिउँसो १ बजे वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो।
सामान्य प्रस्तावहरुः
–आ.व.२०७९–०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
–सञ्चालक समितिको गठन (निर्वाचन) गर्ने सम्बन्धमा ।
–स्वतन्त्र विज्ञ सञ्चालकको नियक्ति सम्बन्धमा ।
–सञ्चालकहरुको बैठक भत्ता तथा अन्य सेवा सुविधा सम्बन्धमा ।
-कम्पनीको साधारण शेयरहरु सर्वसाधारणलाई जारी गर्ने सम्बन्धमा ।
–साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपय उपयोग सम्बन्धमा ।
–कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
सम्बन्धमा ।
–आ.व.२०७९–०८० को लोखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिबास, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने।
–आ.व.२०७९–२०८० को लागि संचानलक समितिबाट नियुक्त बाह्य लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा।
–कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार चालु आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बधमा।































प्रतिक्रिया