लक्ष्मी सन्‌राइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता

लक्ष्मी सन्‌राइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच सेती नदीमा २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने सम्झौता भएको छ। सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ।

अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १०, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्धकको रूपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना केसी ग्रुप रहेको छ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकको लगानी रहनेछ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ। जसले दीगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउने छ। २० मेगावाट क्षमताको सो आयोजना निर्माणपश्चात वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाटभन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सनराइज बैंकको हरित ऊर्जा प्रवर्द्धनप्रति निरन्तर प्रतिवद्धतालाई जोड दिनेछ।

Logo