रोपाइँ गत वर्षकै हाराहारीमा

रोपाइँ गत वर्षकै हाराहारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
मुलुकको प्रमुख अन्नबाली धान रोपाइँको गति गतवर्षकै हाराहारीमा पुगेको छ । गत वर्षभन्दा १० दिन ढिला मनसुन शुरु भए पनि साउन तेस्रो सातासम्म रोपाइँको प्रतिशत ८६ प्रतिशत पुगेको हो ।

असार अन्तिमसम्म सुस्त रहेको रोपाइँले साउनको पहिलोसातादेखि गति लिएको हो । अन्न भण्डार मानिने पूर्वी तराइमा साउन महिनामा रोपाइँ बढी हुने भएकाले रोपाइँको हिस्सा गत वर्षको हाराहारीमा पुगेको हो । मन्त्रालयले मुलुकभर १३ लाख ७२ हजार क्षेत्रफललाई धान खेतीयोग्य मानेको छ । जसअनुसार साउन १८ गतेसम्म मुलुकभर ११ लाख ७९ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

यो वर्ष सबैभन्दा बढी उच्च पहाडमा ८९ प्रतिशत रोपाइँ भएको छ भने मध्यपहाडमा साढे ८६ प्रतिशत र तराईमा साढे ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

करिब २५ प्रतिशत भूभागमा मात्र सिँचाइ सुविधा पुगेकाले सिँचाइकै कारण धान रोपाइँको क्षेत्र घटबढ हुने गरेको कृषि तथा पशुपंक्षी विकास सचिव डा. युवकध्वज जीसीको भनाइ छ । “धान उत्पादन वृद्धिका लागि समयमा रोपाइँ हुनु एउटा महत्वपूर्ण पक्ष हो तर मल, बीउ र प्रविधि लगायत आपूर्तिको पनि उत्तिकै महत्व रहने गर्छ,” उनले भने, “हामी कृषि सामग्रीको आपूर्तिमा निकै गम्भीरतापूर्वक लागेका छौं, हामी धानको उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित छौं ।” हालसम्मको गति अनुसार धान रोपाइँको क्षेत्रफल गत वर्षकै अनुसार हुनसक्ने अनुमान उनको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo