अब ६५ वर्ष कटेपछि बैंकको सीईओ हुन नपाउने

अब ६५ वर्ष कटेपछि बैंकको सीईओ हुन नपाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने उमेरहद तोकेको छ । अब ६५ वर्ष उमेर पुगेपछि बैंकको सीईओ हुने पाइने छैन् ।

राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै ६५ वर्ष नाघेपछि बैंक तथा वित्तीय संस्थाको सीईओ नियुक्त हुन नपाइने व्यवस्था गरेको हो।

यदी बैंकमा कार्यकाल रहेको अवस्थामा भने ६९ वर्षसम्म वहाल रहन सक्ने व्यवस्था गरिएको छ । बैंकमा प्रमुख कार्यकारीको पदावधि सामान्यतः ४ वर्षको हुने गर्छ । नयाँ व्यवस्थाअनुसार ६५ वर्ष पुगेपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको सिइओ हुन पाइने छैन ।

६५ वर्षपछि सामान्यतः काम गर्ने उमेर नभएकाले उमेरको हदवन्दी तोकिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

यस्तै ७० वर्ष उमेर पुगेकाहरू संचालक समितिमा बस्न पाउने छैनन् । तर बहाल रहेको अवस्थामा भने ७४ वर्षसम्म समिति सदस्य रहन सक्नेछन्। यो निर्देशिका कार्यान्वयनमा आएसँगै बहाल अवस्थामा रहेका ६९ वर्ष नाघेका प्रमुख कार्यकारीले पद छोड्नुपर्नेछ ।

Logo