अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्दै

अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ। केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो।

उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्न लागेको हो। केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति फागुन ८ गतेलाई निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्काशित रकम बराबरको माग गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ।

Skip This
Skip This
Logo