कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । कुमारी बैंक लिमिटेडले एक हजार संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकका तत्कालिन शेयरधनि पवन सिंह भण्डारीको नाममा रहेको १ हजार ११६ कित्ता शेयर बैंकले बिक्रीमा ल्याएको हो।

बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौँ १ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ, टंगालमा गई आवेदन दिन सकिने शेयर रजिष्ट्रार कुमारी क्यापिटलले जनाएको छ।

बैंकले संस्थापक शेयर बिक्री सम्बन्धी ३५ दिने सूचना जारी गर्दै उक्त शेयरमा आवेदन दिन चाहने विद्यमान शेयरधनीले आजको ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

Logo