जापानलाई उछिन्दै चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता

जापानलाई उछिन्दै चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता

केन्द्रबिन्दु
27
Shares

टोकियो। जापानलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ। जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्यांकअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको हो। बुधबार सार्वजनिक समग्र तथ्यांकमा चीनले जापानलेभन्दा बढी सवारीसाधन निर्यात गरेको देखिएको छ।

जामाको तथ्यांकअनुसार जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारीसाधन निर्यात गरेको थियो। चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले यसै महिना सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले भने यही अवधिमा ४९ लाख १० हजार सवारीसाधन निर्यात गर्यो।

अझ, चीनको भन्सार विभागले त निर्यात संख्या ५२ लाख २० हजार पुगेको र अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जनाएको छ। चीनले सन् २०२३ को सुरू देखि नै मासिक रूपमा जापानले भन्दा बढी सवारी साधन निर्यात गर्दै आएको थियो।

हालैका वर्षहरूमा विद्युतीय कारहरूमा ठूलो लगानीका कारण चीनको कार उत्पादन क्षेत्र ठूलो मात्रामा फस्टाएको छ। यसबाट जापानी फर्महरूलाई चुनौती थपिएको छ। जापानी निर्माताहरूले लामो समयदेखि हाइब्रिड कार उत्पादनको शर्त राखेका छन्। हाइब्रिड कार जापानी प्रसिद्ध उत्पादन टोयटा प्रियसको जस्तै ब्याट्री पावर र आन्तरिक दहन इन्जिनबाट चल्ने कार हुन्।

चिनियाँ कम्पनी बिवाइडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारीसाधनको बिक्री रेकर्डलाई तोडेको छ । यसले बढ्दो क्षेत्रको लागि बेइजिङको बलियो सरकारी समर्थनलाई पूँजीकृत गरेको छ।

सन् १९९५ मा ब्याट्री निर्माताको रूपमा स्थापना भएको बिवाइडीले पछि प्लग–इन हाइब्रिड र सबै–इलेक्ट्रिक वाहनहरू उत्पादन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ। शेन्जेन क्षेत्रलाई मुख्य बजार बनाएको बिवाइडीले चीन र युरोपमा मूल्यमा टेस्लासँग प्रतिस्पर्धा गर्दछ।

Skip This
Skip This
Logo