एकैपटक ५० शाखा बन्द गर्ने समाचार बाहिरिएपछि एनआईसी एशिया बैंकले दियाे स्पष्टीकरण

एकैपटक ५० शाखा बन्द गर्ने समाचार बाहिरिएपछि एनआईसी एशिया बैंकले दियाे स्पष्टीकरण

केन्द्रबिन्दु
210
Shares

एनआईसी एशिया बैंकले कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने रणनीति नभएको स्पष्टीकरण दिएकाे छ ।

पछिल्लो समय चलाउन नसकेपछि बैंकले देशभरका कम्तीमा ५० शाखा र एक दर्जन विस्तारित काउन्टर बन्द गर्न लागेको भन्ने समाचार बाहिरिएपछि बैंकले स्पष्टीकरण दिँदै हाल कम्पनीको शाखा बन्द गर्ने रणनीति तथा योजना नरहेको बताएको हो । जुन विषय कपोलकल्पित तथा भ्रामक रहेको भन्दै बैंककाे भनाई छ ।

‘हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सो बाट भ्रमित नहुनुहुन सम्पूर्ण सरोकारवाला महानुभावहरूमा बैंक परिवार हार्दिक अनुरोध गर्दछ । साथै आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तीमार्फत स्पष्ट पार्न चाहन्छौं ।’ बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा राखिएका एक्सटेन्सन काउन्टर र ग्रामीण क्षेत्रमा रहेका बैंकका शाखामा खर्च अत्याधिक रहेको र व्यवसाय खासै नभएको भन्दै शाखा बन्द गर्न निवेदन दिएको समाचार बाहिरिएकाे थियाे ।

Logo