आक्रमक नेटवर्क विस्तार गर्दै नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

आक्रमक नेटवर्क विस्तार गर्दै नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। सुपर सोको इलेक्ट्रिक बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक डी-लाइफस्टाइलले नक्साल गैरीधारामा नयाँ शोरुम संचालनमा ल्याएको छ। आक्रमक नेटवर्क विस्तार गर्दै आएको सुपर शोको नयाँ शोरुम संचालनमा ल्याइएकाे हाे ।

नेपालका लागि सुपर सोको आधिकारीक वितरक भि मोटो ग्रुपले बिहीवार एक कार्यक्रम गर्दै शोरुम सञ्चालनमा ल्याएको हो। इलेक्ट्रिक सवारी साधनमा बढ्दै गएको आकर्षणलाई मध्यनजर गरी नयाँ शोरुम संचालनमा ल्याइएको कम्पनीको भनाइ छ।

यसअघि कम्पनीले काठमाडौंको लाजिम्पाट, ग्वार्को, वीरगन्ज, इनरुवा, इटहरी, बुटवल लगायतका स्थानमा सुपर सोकोको शोरुम संचालन गर्दै आएको छ।

नेपाली बजारमा सीयु मिनी, सीयुएक्स र सीपीएक्स गरी ३ मोडलका इलेक्ट्रिक स्कुटर र टीसी, टीसी वन्डरर, टीसी स्ट्रिट हन्टर र टीसी म्याक्स गरी ४ मोडलका इलेक्ट्रिक बाइक उपलब्ध छन्।

Logo