एमजीले डीसी चार्जिङ स्टेशनको मर्मत सम्भार र सफ्टवेयर अपग्रेड गर्दै, १५ दिन सेवा अवरुद्ध हुने

एमजीले डीसी चार्जिङ स्टेशनको मर्मत सम्भार र सफ्टवेयर अपग्रेड गर्दै, १५ दिन सेवा अवरुद्ध हुने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रा.लि. ले देशभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेशनहरू मर्मत गर्ने भएको छ । पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसनहरूको मर्मत तथा सफ्टवेयर अपग्रेड गर्ने भएको हो ।

कम्पनीका अनुसार स्टेशनहरूको आजबाट मर्मत गर्न सुरु गरिनेछ। मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने कम्पनीले जनाएकाे छ। सो समयसम्म ३० किलोवाटका चार्जिङ स्टेसनबाट सेवा अवरुद्ध हुने बताइएको छ ।

पारामाउन्ट मोटर्सले यो १५ दिन वैकल्पिक चार्जिङ स्टेशनको प्रयोग गर्न आग्रह गरेको छ । साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ। आगामी दिनमा सहज सेवाहरू प्रदानका लागि थप काम गर्दै जाने कम्पनीको दाबी छ ।

Logo