अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने

अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाली नागरिकहरूले भारतमा अब सहज रूपमा भारतीय सिमकार्ड पाउने भएका छन्। भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सीमकार्ड पाउने बताएका छन्।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो शर्माले एक्समा लेखेका छन् ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ।’

नेपालीहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने उनले एक्समा उल्लेख गरेका छन्।

भारत पुगेका नेपालीहरूले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो। भारतमा चिनाजानी केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरूले भने त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ।

Skip This
Skip This
Logo