सामाजिक न्यायप्रति निजि क्षेत्रलाई प्रतिबद्ध बनाउनुपर्छः महासंघ अध्यक्ष ढकाल

सामाजिक न्यायप्रति निजि क्षेत्रलाई प्रतिबद्ध बनाउनुपर्छः महासंघ अध्यक्ष ढकाल

केन्द्रबिन्दु
98
Shares

काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न नसकिने बताएका छन्।

उनले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सबै क्षेत्रमा समान अवसर र पंहूचले मात्र सामाजिक न्यायको अनुभुती हुने भएकाले हाम्रो साझा प्रयास र प्रतिवद्धता निकै महत्वपूर्ण भएकाे औंल्याएका हुन्।

उनले सामाजिक न्यायप्रति बढ्दो चासो र आवश्यकताका सम्वन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुँदै गएको बताए। विश्वसामाजिक न्याय दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रममा रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले प्रतिनिधित्व गरेका थिए ।

सो कार्यक्रममा ढकालले नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरेका थिए। उनले अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रहेको एवं वर्गिय, जातिय विविधता रहेको हाम्रो मुलुकको लागि सामाजिक न्यायको प्रवद्र्धन र सुनिश्चितता चूनौतीपूर्ण रहेको जानकारी दिए ।

सामाजिक न्यायको अवधारणाले व्यापकता पाईरहेको सन्दर्भमा नेपालमा पछिल्ला वर्षहरुमा सामाजिक न्यायको लागि थुप्रै कामहरु भएकाे बताए।

आफ्नो मन्तव्य राख्ने क्रममा उनले सामाजिक न्याय प्रवद्र्धनका लागि सुरु भएको विभिन्न प्रयास र कार्यक्रममा निजी क्षेत्र सहभागि रहेको र सामाजिक न्यायको प्रवद्र्धनमा सहकार्य गर्न प्रतिवद्र्ध रहेको जिकिर गरे।

ढकालले सामाजिक न्यायको लागि नीतिगत सुधार, कानून निर्माण र संस्थागत व्यवस्थामा निकै प्रगति भएको जनाए । उनले कार्यान्वयन पक्षमा देखिएका कमि कमजोरी हटाउन सकिएमा सामाजिक न्यायको अवस्थामा गुणात्मक सुधार हुने अपेक्षा गरे।

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान गरिरहेको निजी क्षेत्र सामाजिक न्यायको प्रर्वद्धन गर्ने कार्यलाई पनि जिम्मेवारी पूर्वक निर्वाह गर्दै आएको ढकालले जानकारी दिए ।

उनले रोजगारदाता र श्रमिकबीच सहकार्य र समझदारी विना श्रम सम्वन्ध दिगो हुन नसक्ने र दिगो श्रम सम्वन्ध नभई सामाजिक न्यायका प्रयास अवरुद्ध हुने हुँदा सहकार्य र संवादलाई संस्थागत र बलियो बनाउन संयूक्त रुपमा काम गर्ने उदेश्यले हालै नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे बताए।

Logo