काठमाडौं,
प्रभु बैंक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबीच सम्पन्न सम्झौता बमोजिम वीर अस्पतालको परिसरमा प्रभु बैंकको बैंकिङ सेवासहित २४ घण्टे क्यास काउन्टर सञ्चालनमा आएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले एक समारोहकाबीच २४ घण्टे क्यास काउन्टरको उद्घाटन गरेका हुन् । वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउन्टरमा उपचारका लागि आउने सेवाग्राहीहरूले चौबीसै घण्टा वीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकमबिना झन्झट सरल एवं सहज रूपमा जम्मा गर्न पाउने छन् ।
प्रभु बैंकको क्यास काउन्टर चौबिसै घण्टा लगातार रूपमा सञ्चालन हुने भएकोले अबदेखि वीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै बिरामीले आफ्नो आवश्यकता अनुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउने जनाएको छ ।





























प्रतिक्रिया