काठमाडौं,
ग्लोबल आईएमई बैंकले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीहरूसँग आवधिक कृषि कर्जा लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
उक्त अवसरमा बोल्दै सहायक महाप्रबन्धक रेग्मीले विगतदेखि नै ग्लोबल आईएमई बैंक र फलफूल व्यवसायीहरूबीच असल सम्बन्ध रहेको र यस सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाबीचको सामिप्यता अझ बढ्ने विश्वास व्यक्त गरे ।
यस सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थामा आबद्ध करिब ७ सय फलफूल तथा तरकारी व्यवसायीहरू लाभान्वित हुने अपेक्षा गरिएको भन्दै बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले विगतदेखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको पनि जनाएको छ ।





























प्रतिक्रिया