सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेजका तर्फबाट उक्त कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले नयाँ व्यवसायको योजना, उद्योगसँग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धी लगायतका अन्य सेवाहरू पाइनेछ ।

बैंकका शाखा कार्यालयहरूबाट उपाय सर्भिसेजमार्फत सहज तथा सरल रूपमा परामर्श प्राप्त गर्न सक्ने भन्दै बैंकले यस सेवा अन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ८६ वटै शाखाबाट आफ्ना ग्राहक वर्गहरूलाई यो सुविधाको थालनी गरेको जनाएको छ ।

Skip This
Skip This
Logo