बन्दीपुर केवलकार एण्ड टुरिजमले शिवको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न गर्ने

बन्दीपुर केवलकार एण्ड टुरिजमले शिवको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न गर्ने

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ। महाशिवरात्रिको अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गरेको छ।

उक्त दिनमा भजनसहित शिव धुनी कार्यक्रम पनि हुने हुँदा भक्तहरू र स्थानीयहरूलाई उक्त कार्यक्रमको उत्सवमा सामेल हुँदै महाशिवरात्रिले ल्याउने दिव्य ऊर्जामा सहभागी हुन र अभिषेक समारोहको साक्षी हुन कम्पनीले आमन्त्रित समेत गरेको हो।

यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा समेत कम्पनीले गरेको छ।

यस्तै, कम्पनीले जारी पूँजी २ अर्ब ५५ करोड रुपैयाँको १२ प्रतिशतले हुन आउने रकम ३० करोड ६० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अङ्कित दरमा ३० लाख ६० हजार कित्ता शेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ बिक्री गर्ने कम्पनीले जनाएकाे छ।

साथै बन्दीपुर केवलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत उनले बत्ताए। सो परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ। परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा बैङ्क ऋण १ अर्ब ३ करोड रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताए।

Skip This
Skip This
Logo