चिनियाँ टोलीद्वारा दोस्रो चरणको पेट्रोलियम अन्वेषण सुरु

चिनियाँ टोलीद्वारा दोस्रो चरणको पेट्रोलियम अन्वेषण सुरु

केन्द्रबिन्दु
0
Shares

दैलेख,

नेपालमा रहेको पेट्रोलियम अन्वेषण गर्न आएको चिनियाँ टोलीले दैलेखका विभिन्न स्थानमा काम सुरु गरेको छ । श्रीस्थान, नाभिस्थान, पादुका लगायतका स्थानमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने भन्दै चिनियाँ सरकारी जियोलोजिकल सर्भे टोलीले दोस्रो चरणको अन्वेषण सुरु गरेको हो ।

नेपाल सरकार र चीन सरकारबीच नेपालका विभिन्न स्थानमा रहेको पेट्रोलियम पदार्थको खानी अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएपछि चीन सरकारको सहयोगमा चिनियाँ जियोलोजिकल सर्वेको प्राविधिक टोलीले दोस्रो चरणको काम थालेको हो । पहिलो पटक दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ नै छ भनेर पत्ता लगाएको चिनियाँ सरकारी टोलीले अव १० महिनाको अन्वेषण अवधिमा कति छ भन्ने पत्ता लगाउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बताए ।

सन् २०१६ मा केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला पहिलो पटक तत्कालिन उद्योग तथा वाणिज्यमन्त्री सोमप्रसाद पाण्डेले दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान गरेका थिए । दैलेखको धार्मिक पुरातात्विक तथा पर्यटकीयस्थल पञ्चकोशी क्षेत्रमै पेट्रोल खानी भएपनि खानी उत्खनन् गर्दा ती स्थल सुरक्षित राखेर काम गरिने बताइएको छ ।

मन्त्री यादवसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व उद्योग तथा वाणिज्यमन्त्री सोमप्रसाद पाण्डे, दैलेखका दुईवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मा र राजबहादुर बुढा, प्रदेशसभा सदस्यलगायतका सरकारी प्रतिनिधिको टोली र चिनियाँ अन्वेषण टोलीले दैलेखका श्रीस्थान, नाभिस्थान र पादुकामा अवलोकन गरेका छन् ।
कारोबारबाट

Skip This
Skip This
Logo