काठमाडौँ,
सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा शितला बजारमा शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गरेका थिए । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमलाको उपस्थिती थियो ।
यस्तै सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । शितलाबजार शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८६ पुगेकोे पनि बैंकले जनाएको छ ।





























प्रतिक्रिया