चांगनको ‘डिपल एस सेभेन’इभी आइतबार लन्च हुँदै, कस्तो छ विशेषता ?

चांगनको ‘डिपल एस सेभेन’इभी आइतबार लन्च हुँदै, कस्तो छ विशेषता ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । चिनियाँ गाडी निर्माता चांगन अटोले क्याटल र हुवावेसँग मिलेर निर्माण गरेको ‘डिपल एस सेभेन’ इलेक्ट्रीक एसयूभी आइतबार नेपाली बजारमा लन्च गर्ने भएको छ । नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले नयाँ इलेक्ट्रिक एसयूभी डीपल एस सेभेन लन्च गर्न लागेको हो।

चीनमा यसै वर्षको जुनमा लन्च भएको डीपल एस सेभेनलाई चांगन अटोले क्याटल र हुवावेसंग साझेदारी गरेर निर्माण गरेको हो । ६६.८ र ७९.९७ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध यसमा रियर माउन्टेड पिएमएस मोटर जडान गरिएको छ । जुन १६० र १९० किलोवाट अप्सनमा उपलब्ध छ । यसको रेन्ज ५२० र ६२० किलोमिटर दावी गरिएको छ ।

सो एसयूभीको पिक टर्क ३२० एनएम रहेको छ भने गाडी स्टार्ट भएको ६.७ सेकेन्डमै यसले शून्यदेखी १०० किलोमिटर प्रतिघन्टाको गति पकड्न सक्छ । १०० किलोमिटर यात्रा गर्न १४.२ किलोवाट आवर पावर खपत हुने यसको टप स्पिड १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

सो एसयूभीको इन्टेरियरमा १५.६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, क्वालकम स्न्यापड्रयागन ८१५५ चीप र चालकसंगै अर्को सिटमा वस्ने यात्रुको मनोरन्जनका लागी १२.३ इन्चको स्मार्ट स्क्रिनलगायत फिचर दिइएको छ ।

Logo