एनआईसी एशिया बैंक डिजिटल बैंकिङ सेवामा बन्यो नम्बर वान

एनआईसी एशिया बैंक डिजिटल बैंकिङ सेवामा बन्यो नम्बर वान

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । एनआईसी एशिया बैंक डिजिटल बैंकिङ सेवामा नम्बर वान बनेको छ । नेपालका २० वटा वाणिज्य बैंकहरू मध्ये डिजिटल बैंकिङ सेवामा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि रहेको हो ।

बैंकका अनुसार एनआईसी एशिया बैंकको मोबाइल एप डाउनलोड गरेर प्रयोग गर्नको संख्या झण्डै २० लाख हाराहारी पुगेको छ । बैंकले ल्याएको मोबाइल बैंकिङ एप ग्राहकहरू बीच निकै लोकप्रिय हुँदै गएको बताइएको छ । बैंकिङ कारोबारलाई पूर्ण डिजिटल प्रविधिमा लैजाने प्रयास गरिरहेकाे र ९५ प्रतिशत सेवा डिजिटल सेवा प्रधान गर्दै आएको बैंकले जानकारी दिएको छ ।

एन्ड्रोइड र आइफोनमा उपलब्ध उक्त एपमा विभिन्न आकर्षक फिचरहरू समावेश छन्, जसले गर्दा पनि उक्त एप प्रयोग गर्ने संख्या बढ्दो रहेको हो । एनआईसी एशिया बैंककाे मोबाइल एपबाटै आईपीओ भर्न सकिने व्यवस्था छ भने उक्त एप प्रयोग गरेर एक मिनेटमै आईपीओ भर्न सकिने बैंकको भनाइ छ ।

डिम्याट खाता खोल्ने र सीआरएन नम्बर लिने ग्राहकको संख्यामा वृद्धि आएसँगै यो बैंकको एप प्रयोग गरेर आईपीओ भर्ने बढ्न थालेका हुन् ।

डिम्याट खाता खोल्ने र सीआरएन नम्बर लिने ग्राहकको संख्यामा वृद्धि आएसँगै यो बैंकको एप प्रयोग गरेर आईपीओ भर्ने बढ्न थालेका हुन् । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट सहज मोबाइल टपअप, टेलिभिजनको रिचार्ज र अन्य युटिलिटी पेमेन्ट पनि गर्न सकिन्छ ।

यस्तै, उक्त एपमा कार्डलेस विथ ड्रको सुविधा पनि रहेको छ । बैंकको एटिएम कार्ड नभएको खण्डमा मोबाइल एपको कार्डलेस विथड्रु फिचर प्रयोग गरेर एटिएमबाट पैसा निकाल्न सकिन्छ । कार्डलेस विथ ड्रमा विवरणहरू भरेपछि ओटीपी कोड आउने र उक्त ओटिपी कोडलाई एटिएम मेसिनमा हालेपछि अन्य विवरण भरेर सजिलै पैसा झिक्न सकिने बैंकले जानकारी दिएको छ ।

यसैगरी एनआईसी एशिया बैंकको मोबाइल एपबाटै आफूले चाहेको अन्य कुनै पनि बैंक खातामा पैसा पठाउन र पाउन सकिन्छ । यसमा फन्ड ट्रान्सफर सेवा र आइपीएस ट्रान्सफर सेवा पनि रहेको बैंकले बताएको छ ।

बैंकले यस एपको प्रयोग गरेर फिक्स्ड डिपोजिट गर्न सकिने व्यवस्था पनि मिलाएका छ । बचत खातामा रहेको रकमलाई बैंकको मोबाइल एपबाट फिक्स्ड डिपोजिट आफै गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार कति रकम कति समयलाई मुद्दती खातामा राखे हो भन्ने उल्लेख गरी सके पश्चात् मोबाइल एपबाटै मुद्दती खातामा रहक सहजै राख्न सकिनेछ ।

बैंकका एपमा ई–कमर्श प्लयाटफर्म पनि सुचारु रहेका छन् । अनलाइन सेवा लिने ग्राहकले अनलाइन पेमेन्ट गर्नुपर्ने विषयलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले मोबाइल एपबाट आफ्नो डेबिट र क्रेडिट कार्डमा इकमर्श एक्टिभ गर्न सकिने व्यवस्था मिलाएको हो ।

एनआईसी एशिया बैंकले मोबाइल एपबाट आफ्नो डेबिट र क्रेडिट कार्डमा इकमर्श एक्टिभ गर्न सकिने व्यवस्था मिलाएको हो ।

बैंकको सो एपबाटै खानेपानी, विद्युत, इन्टरनेट, टिभी आदिको बिल तिर्न सक्ने छन् भने एपबाट सातै दिन र २४सै घण्टा सेवा पाइने बैंकले जानकारी दिएको छ । यस बैंकको मोबाइल एप प्रयोग गरेर रेमिट्यान्स पठाउन सकिन्छ । जसले गर्दा एजेन्टसम्म पुग्नु पर्ने लागत र समय कम हुने छ । बैंकमा खाता नभएका व्यक्तिलाई पनि यस बैंकको मोबाइल एप प्रयोग गरेर रेमिट्यान्स पठाउन सकिने बैंकले बताएको छ ।

यस्तै, यस बैंकको मोबाइल एपबाट ग्राहकले खाता सम्बन्धी काम, खाताको पूर्ण विवरण हेर्न, स्टेटमेन्ट निकाल्न, चेक रिक्वेष्ट, कार्ड रिक्वेष्ट, नयाँ खाता खोल्न, केवाइसी अपडेटदेखि खाता सम्बन्धी अधिकांश काम मोबाइल एपबाट गर्न सक्ने छन् । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले यस बैंकको डिजिटल सेवा सबैभन्दा उत्कृष्ट रहेको बताएका छन् । मोबाइल एप, आइसर्भदेखि वेबसाइटमा रहेको विभिन्न सुविधाहरूबाट अधिकांश काम घरमै बसेर गर्न सकिने उनेका भनाई छ ।

Logo