चार्जिङ स्टेशनमा लगानी बढाऔं -निर्देशक कुलमान घिसिङ

चार्जिङ स्टेशनमा लगानी बढाऔं -निर्देशक कुलमान घिसिङ

केन्द्रबिन्दु
70
Shares

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई आह्वान गरेका छन्।

याडिया इलेक्ट्रिक स्कुटरको नयाँ इलेक्ट्रिक स्कुटर याडिया जी६ सार्वजनिक गर्दै निर्देशक घिसिङले लगानी बढाउन आह्वान गरेका गरेका हुन् । सरकारले पहिला प्रोत्साहनका लागि ५१ वटा चार्जिङ स्टेशन राखे पनि पछि विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिब ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको उनको भनाई थियो ।

तर, अझै पर्याप्त नभएकाले लगानी बढाउन लगानीकर्ताहरुलाई उनले आह्वान गरेका हुन् । कतै एकैठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यससम्बन्धी नीति बनाइदिन पनि उनको आग्रह छ ।

निर्देशक घिसिङले प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभई प्रोत्साहनका लागि लगानी गरिरहेको पनि प्रष्ट पारे ।

Logo