सांग्रिला मोटर्सको नयाँ वर्ष अफरः सिट्रोन गाडी किन्दा २ लाख ५० हजारसम्म फाइदा

सांग्रिला मोटर्सको नयाँ वर्ष अफरः सिट्रोन गाडी किन्दा २ लाख ५० हजारसम्म फाइदा

केन्द्रबिन्दु
42
Shares

सांग्रिला मोटर्स प्रालिले नेपाली नयाँ वर्षको अवसरमा सिट्रोन गाडी किन्दा २ लाख ५० हजारसम्म फाइदा हुने अफर सार्वजनिक गरेको छ।

सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक रहेको सांग्रिला मोटर्सले भारतमा बनेको फ्रेन्च ब्रान्ड सिट्रोन सी३ र ई–सी३ को खरिदमा नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनससहित २ लाख ५० हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने जनाएको छ।

सो अफरको बारेमा आवश्यक जानकारी कम्पनीका देशभर रहेका विभिन्न शोरुमहरुबाट लिन सकिने सांग्रिलाले जनाएको छ। त्यस्तै, वैकल्पिक रूपमा कम्पनीको अफिसियल नम्बर र वेवसाइटमार्फत सीधा सम्पर्क गर्न सकिने पनि जनाएको छ।

सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो, जसको लिगेसी १०३ वर्षभन्दा लामो रहेको छ। सिट्रोन १०१ देशहरूमा अवस्थित र विश्वव्यापी रूपमा ६२ सय बिक्री र सेवाहरूको नेटवर्क रहेको पनि कम्पनीले दाबी गरेको छ।

Logo