निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी गर्न महासंघ अध्यक्ष ढकालको माग

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी गर्न महासंघ अध्यक्ष ढकालको माग

केन्द्रबिन्दु
24
Shares

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माण व्यवसायीले सरकारबाट आफ्नो भुक्तानी चाँडै पाउनुपर्ने माग गरेका छन्।

शुक्रबार हेटौंडामा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाँडै पाउनुपर्ने माग गरेका हुन्। उनले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नु पर्ने धारणा व्यक्त गरेका छन्।

उनले सरकारले भुक्तानीमा ढिलाइ गर्दा परियोजनाहरूमा ढिलाइ हुनेभन्दै हाल राज्यबाट व्यवसायीलाई निर्माण कार्यको अर्बौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले सप्लाई चेन, बैंक किस्ता एवं श्रमिकलगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त रहेको बताए।

अध्यक्ष ढकालले निर्माण व्यवसायीलाई बैंकहरूबाट सजिलैसँग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्नेमा पनि जोड दिए।

Skip This
Skip This
Logo