भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई पाँचतारे होटलको मान्यता

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई पाँचतारे होटलको मान्यता

केन्द्रबिन्दु
140
Shares

सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।

पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ ।

करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरि ८५ वटा रुम रहेका छन् ।

होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । होटलमा पन्ध्र सय जना क्षमताको व्याङक्वेट हल रहेको छ, जुन नेपालकै ठूलो व्याङक्वेट हल भएको सिद्धार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले दाबी गरे ।

स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरि त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरू बीच लोकप्रिय भइरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए ।

होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुविधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पश्चात् झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए । नेपालकै उत्कृष्ट क्यासीनो सन्चालन गर्न सकिने गरी क्यासीनोको लागी संरचना समेत निर्माण भइसकेको छ ।

यस्तै, यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

Logo