नेपालमा तत्काल लोडसेडिङको सम्भावना छैन -प्राधिकरण

नेपालमा तत्काल लोडसेडिङको सम्भावना छैन -प्राधिकरण

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (एनईए)का प्रवक्ता चन्दनकुमार घोषले नेपालमा तत्काल लोडसेडिङको सम्भावना नरहेको बताएका छन् ।

केन्द्रबिन्दुसँग कुराकानीको क्रममा प्रवक्ता घोषले लोडसेडिङको सम्भावना टरिसकेको जानकारी दिएका हुन् । ‘विद्युत् व्यवस्थापनमा केही समय अघि प्राधिकरणलाई समस्या परेको थियो, तर अहिले हामीले उद्योगमा पनि सहजै विद्युत उपलब्ध गराई रहेका छौं, अहिले लोडसेडिङको सम्भावना छैन,’ उनले भने ।

भारतले थप तीन महिनाका लागि प्रतिस्पर्धी बजारबाट बिजुली आयात गर्न पाउने अनुमति दिएसँगै तत्काल लोडसेडिङ हुने सम्भावना नदेखिएको हो । प्रवक्ता घोषका अनुसार प्राधिकरणले २४सै घण्टा उद्योगमा पनि विद्युतको उपलब्ध गराईरहेको छ ।

विद्युत् आपूतिमा प्राधिकरण लागिपरेकाे प्रवक्ता घोषले जानकारी दिए ।

‘हामीलाई केही समय अघि पिक टाइममा विद्युत् पूर्याउन गाह्रो हुन्थ्यो, त्यसको मुख्य कारण प्रसारण लाइन नबन्नु हो, प्रसारण लाइन नबन्नु जनताको अवरोध हो, प्रसारण लाइन बनिरहेको छ तर, यसले तीव्रता पाउन सकेको छैन, स्पष्ट नीति भएको भए ति प्रसारण लाइनको काम पहिला नै सकिन्थ्यो,’ उनले भने ।

प्रसारणलाइन समयमा नबन्दाको मारमा सम्पूर्ण उपभोक्ताले भोग्नु परेको उनको भनाइ छ ।

Logo