काठमाडौं,
ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लामा थप १७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको सिराहा नगरपालिका–१९ सन्हैठा चोक, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका रेगिल, पर्साकोे पर्सागढी नगरपालिका–१ मनवा बजार, पर्वतको मोदीगाउँपालिका–७ राम्जा ठाँटी, परासीको सुनवल नगरपालिका जर्गाहा, संखुवासभाको चैनपुर लोहाकोट, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकाको वीरकोट रहेको छ ।
त्यसैगरी, गुल्मीको रेसुगा नगरपालिका पराल्मी, मोरङको बेलबारी नगरपालिका चाँदनीचोक एवं बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग, झापाको मेचीनगर नगरपालिका–२ भृकुटी चोक, तनहुँको देवघाट गाउँपालिका देवघाट, उदयपुरको चौदण्डीगढी नगरपालिकाको हडियाबजार, तनहुँको व्यास नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिकाको भालुमारे, चितवनकै कालिका नगरपालिकाको शक्तिखोर र गुल्मीको सत्यवती गाउँपालिकाको चोरकाटेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
यी १७ वटै शाखारहित बैंकिङ सेवा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा उद्घाटन भएको हो । थप १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १५५ पुगेको छ ।































प्रतिक्रिया