ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवासुविधामा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार प्रवद्र्घन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पताल प्रालि निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरे ।

यो सम्झौतापछि सुमेरु अस्पताल धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

Skip This
Skip This
Logo