काठमाडौं,
एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउन शाखारहित सेवा प्रदान गर्दै आएको छ । वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आउने क्रममा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले सञ्चालनमा ल्याएको नयाँ शाखारहित बैंकिङ सेवाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिका रूपमा भोगिलाल महतोलाई नियुक्त गरिएको छ । बैंकले शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयवासीले आफ्नो स्थानीय तहमै प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने पनि जनाएको छ ।































प्रतिक्रिया