सरकारका अरिंगालबाहेक कोही पनि सुरक्षित छैनन्- गगन थापा

सरकारका अरिंगालबाहेक कोही पनि सुरक्षित छैनन्- गगन थापा


नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले अहिले कोही पनि सुरक्षित नभएको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद  थापाले भने, ‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्रै रहेर फरक मत राख्ने साथीहरु पनि होसियार, किनकि, यहाँ कोही पनि सुरक्षित छैन । यहाँ केबल अब सरकारका अरिंगालहरु मात्रै सुरक्षित रहन्छन् ।’ उनले गुठी विधेयक लगायतका सम्बन्धमा सरकारको सरकारको आसय र नियत नै गलत भएको बताए ।

लेखक ब्रजेश खनालको उक्ति सापटी लिँदै थापाले भने, ‘सायद लेखक ब्रजेश खनालले भन्नु भए जस्तै, तँ बोल् त्यतिमात्रै जे म सुन्न चाहन्छु, तँ हेर् त्यतिमात्रै जे म देखाउन चाहन्छु, तँ सुन् त्यतिमात्रै जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रताको घेरो मैलेको कोरेको शून्यभन्दा बाहिर छैन । तँलाई थाहा छ म को हुँ ? सरकार हुँ म सरकार ।’

थापाले सुचना प्रविधि विधेयकको विरोध गर्दै प्रनेश गौतमलाई चलचित्रको समीक्षा गरेकै भरमा हिरासतमा लिएकोमा विरोध गरेका छन्। उनले थपे, ‘चलचित्रकर्मी साथीहरु त्यसकारणले होसियार, तपाईंको कथा, संवाद, गीतमा अब कसैलाई जिस्काउने कन्टेन्ट छ भनेर हिरासतमा बस्नुपर्ला ।’ उनले भने, ‘गुठियारहरु होसियार, गुठी भनेको सामन्तवादी प्रबन्ध हो भन्ने सरकारी मुखलाई खबरदारी भनेर लेख्दै गर्दा धम्क्याइएको आरोपमा ५ वर्ष जेलभित्र बस्नुपर्ला ।’

Logo