काठमाडौं। नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ।
मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन बुधबार १ लाख ३६ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
त्यस्तै, तेजावी सुन प्रतितोला रु १ लाख ३६ हजार १ सय ५० मा कारोबार भइरहेकाे छ।यस्तै, चाँदीको मूल्य पनि बढेकाे छ। आज चाँदी १५ रूपैयाँले बढेर एक हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया